१ असोज, गोरखा । आरुघाट गाउँपालिका–९ मा रहेको नेप्लिज एडभान्स सेकेण्डरी बोर्डिङ स्कुलको ११ औ साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
शुक्रवार भएको अधिवेशनले मेन बहादुर अधिकारीको अध्यक्षतामा सात सदस्यीय बिद्यालय संचालक समिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले गणेश कुमार श्रेष्ठको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समिति समेत गठन गरेको बिद्यालयका प्रिन्सिपल भोजराज भट्टले बताए ।
कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा आरुघाट गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्ण दाहालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयकी भाइस प्रिन्सिपल गोमा भट्ट, वडा नम्वर ९ का अध्यक्ष बुद्धि प्रसाद श्रेष्ठ, भीमोदय बहुमुखी क्याम्पस आरुघाटका प्रमुख डा. बिरेन्द्र पुडासैनी, अशोक राना मगर लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रिन्सिपल भट्टले बिद्यालयको गत शैक्षिक सत्रको बार्षिक प्रगति प्रतिवेदन र लेखापाल उत्तम कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।



































