१ असोज, गोरखा । एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखा नगरपालिका नगर समितिको अध्यक्षमा पुनः तेज बहादुर नेपाली चयन छन् । शनिवार भएको दोस्रो अधिवेशनले नेपालीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा सुनिल अर्याल, महिला उपाध्यक्षमा सरिता भट्ट, उपाध्यक्षमा राजकुमार राई, सचिवमा टेक बहादुर उपरकोटी र कोषाध्यक्षमा अन्जना आले चयन भएका छन् । सदस्यहरुमा राम बहादुर अच्छामी, भीम नारायण श्रेष्ठ, चिरञ्जिवी रेग्मी, मान वहादुर श्रेष्ठ, राजन सिर्मल, बिष्णुहरी वाग्ले र मिष्टर धिताल रहेका छन् ।
त्यस्तै नरोक्तम कट्टेल, कृष्ण बसेल, शंकरबाबु खत्री, सूर्य बहादुर वानिया, रम्जदिन मिया, जैवु निस्सा मिया, प्रमिला कुमाल, इन्द्र बहादुर काराखेती, नर बहादुर रोका र नारायण बिक पनि सदस्यमा चयन भएको बताइएको छ ।
नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका गोरखा जिल्ला समन्वय समिति अध्यक्ष बिष्णु भट्ट, माओवादी केन्द्रका केन्द्रिय सदस्य लेख बहादुर थापा, जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना लगायतको उपस्थिती रहेको थियो ।



































