१ असोज, गोरखा । स्वावलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय आरुघाटले दुई दिने बार्षिक केन्द्र प्रमुख गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । बिहीवार र शुक्रवार भएको गोष्ठीमा गत दुई आर्थिक बर्षमा पहिलो, दोस्रो र तेस्रो हुने केन्द्रहरुलाई पुरस्कृत गरिएको छ ।
आर्थिक बर्ष २०७७/७८ मा सल्यानटार केन्द्र पहिलो, वालुवाटार केन्द्र दोस्रो र आरुटार केन्द्र तेस्रो भएको थियो । त्यस्तै गत आव २०७८/७९ मा पनि सल्यानटार केन्द्र पहिलो, वालुवाटार केन्द्र दोस्रो र सातदोवाटो केन्द्र तेस्रो भएको थियो ।
उनीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको कार्यालयले जनाएको छ ।
कार्यक्रमकै अवसरमा मृत्यु भएका बिमित व्यक्तिको परिवारलाई विमा रकम उपलब्ध समेत गराइएको छ । बिमित धन बहादुर गुरुङको मृत्यु पश्चात उनकी श्रीमती हिरा गुरुङलाई ४५ हजार र अमृत कुमार अधिकारीको मृत्यु पश्चात उनकी श्रीमती सोविता अधिकारीलाई ५० हजार रकम उपलब्ध गराइएको शाखा कार्यालय प्रमुख परम्परा कट्टेलले बताए ।
कार्यक्रममा उनले संस्थाको उदेश्य, बचत तथा कर्जाको बिषयमा प्रष्ट पारेका थिए । संस्थाले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको आर्थिक र सामाजिक बिकासमा ठुलो योगदान पु¥याएको बताउदै उनले वित्तीय पहुँच कम भएको क्षेत्रमा कार्यक्रम बिस्तार गर्दै लैजाने जानकारी दिए ।



































