२ असोज, गोरखा । गोरखा नगरपालिकाभित्र रहेका बिद्यालय अन्तरगत आधारभूत तह स्तरिय चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । रोटरी र रोट्¥याक्ट क्लब अफ गोरखाको समन्वय एवं इन्ट्¥याक्ट क्लब अफ ओल्ड क्यापिटलको आयोजनामा आइतवार भएको प्रतियोगीतामा अन्नपूर्ण बोर्डिङकी सिम्रन गुप्ता पहिलो भएकी छन् ।
लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजारका अनुप रोकाले दोस्रो, महालक्ष्मी मावि लक्ष्मीबजारकी डेनिसा रोज मगरले तेस्रो र रत्नलक्ष्मी मावि डुम्रिडाडाकी सन्जिता गुरुङले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगीतामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने बिद्यार्थीलाई क्रमश १५ सय, १ हजार, ८ सय र ५ सय नगद पुरस्कारको साथमा प्रमाणपत्र वितरण गरिएको रोटरी क्लब अफ गोरखाका सचिव अन्जन खत्रीले बताए ।
सेप्टेम्वर महिनालाई ‘लिटरेसी मन्थ’ को रुपमा मनाउने सिलसिलामा वाल दिवसको समेत अवसर पारेर चित्रकला प्रतियोगीता आयोजना गरिएको उनले जानकारी दिए ।
प्रतियोगीतामा सहभागी सबैलाई एक दर्जन कापीको साथमा चित्रकलाका लागी आवश्यक सामग्री समेत क्लबले उपलब्ध गराएको बताइएको छ ।



































