२ असोज, गोरखा । यही असोज ४ गतेबाट शुरु हुने तेस्रो गोरखकाली मेलाको करिव ९५ प्रतिशत तयारी सकिएको छ । मेला स्थल हरमटारी खेलमैदानमा स्टेजका साथै आवश्यक स्टल निर्माण भइसकेको आयोजक हरमटारी क्लबले जनाएको छ ।
क्लबका अनुसार मेलामा कुल १ सय ४५ स्टल रहने छन् । ‘सबै स्टल बुकिङ भइसके,’ क्लबका महासचिव किरण ढकालले भने, ‘३० प्रतिशत स्टल स्थानीय व्यवसायीले बुकिङ गरेका छन्, बाँकी बाहिरी व्यापारीले ।’ मेलामा कृषि सम्बन्धी निशुल्क परामर्श र सिताके च्याउ खेतीबारे जानकारी लिन पनि सकिने छ । परामर्शका लागी स्टल रहने बताइएको छ ।
नौ वटा स्टलमा खाजाका लागी होटल संचालन हुने छन् । बाल उद्यानको काम भोली सोमवारसम्म सम्पन्न भइसक्ने क्लबले जनाएको छ । मेलाको उद्घाटन दिउँसो साढे १२ बजे हुने छ । संघिय सांसद हरिराज अधिकारीले मेलाको उद्घाटन गर्ने बताइएको छ ।
उद्घाटन पुर्व झाँकी सहितको ¥यालीले निकालिने क्लबले जनाएको छ । मेला अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती एवं बिभिन्न जातिय भेषभूषा प्रदर्शनी प्रतियोगीता समेत हुने मेला संयोजक आशिष श्रेष्ठले बताए ।
बिभिन्न जातजातिको संस्कृती संरक्षण गर्ने र आन्तरिक तथा बाह्य क्षेत्रमा जिल्लाको चिनारीलाई प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने मेलाको प्रमुख उदेश्य रहेको उनले जानकारी दिए ।
लोक संस्कृतिको जर्गेनासँगै जिल्लाको आर्थिक क्षेत्रको बिकासमा समेत मेलाले टेवा पु¥याउने अपेक्षा गरिएको छ ।



































