१४ असोज, गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणार्थ शहिद लखन गाउँपालिकाले दुई लाख रकम सहयोग गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश थापा मगरले महासंघका जिल्ला अध्यक्ष नरहरि सापकोटालाई दुई लाख रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, शहिद लखन गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ, गोरखा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष ऋषि खत्री लगायतको उपस्थितीमा चेक हस्तान्तरण गरिएको हो ।
गोरखा नगरपालिका वडा नम्वर ८ आलेगाउँमा निर्माणाधिन पत्रकार महासंघको भवन निर्माणको कार्य आर्थिक अभावका कारण रोकिएको थियो । प्राप्त भएको सहयोग रकमले भवन निर्माणको कार्य अघि बढाउने बताउदै महासंघका अध्यक्ष सापकोटाले सहयोग गरेकोमा पालिकालाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रमकै अवसरमा पालिकाले मानव सेवा आश्रमलाई एक लाख र गोरक्षनाथ बैद्धिक गुरुकुललाई ५० हजार नगद समेत सहयोग गरेको छ ।



































