१४ असोज, गोरखा । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । शुक्रवार सर्वजनिक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न अनुरोध गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
‘जिल्ला भित्रका सम्पूर्ण हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाइमा लगत राखी निर्वाचन पश्चात फिर्ता हुने गरी बुझाउन भनेका छौ,’ उनले भने ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































