Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा नगरपालिकाले गरिदियो मानव सेवा आश्रमका बालबालिकाहरुको स्वास्थ्य बिमा

१५ असोज, गोरखा । गोरखा नगरपालिका–६ पाटेचौर स्थित मानव सेवा आश्रमका बालबालिकाहरुको स्वास्थ्य बिमा गरिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य शाखा मार्फत उनीहरुको बिमा गरिएको हो ।

Advertisement

शनिवार एक कार्यक्रमका बिच आश्रममा रहेका कुल ५१ जनाको बिमा गरिएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए । ‘उनीहरुको उपचार बिमा मार्फत समेट्ने मुख्य उदेश्य हो,’ उनले भने, ‘सोही उदेश्य अनुसार आज आश्रम पुगेर त्यहाँ रहेका बालबालिकाहरुको बिमा गरिदिएका हौ ।’

गोरखा अस्पताललाई प्रथम उपचार केन्द्र बनाएर बिमा गरिएको उनले जानकारी दिए । आवश्यकता अनुसार अन्य स्वास्थ्य संस्थाबाट पनि सेवा लिन सकिने उनको भनाइ छ । बिमा गरिएका बालबालिकाहरुले ९८ प्रकारका औषधी र अन्य स्वास्थ्य सेवा निशुल्क लिन पाउनेछन् । शनिवार बिमा गरिएका बालबालिकाहरुले मंसिर १ गतेबाट बिमाको सेवा लिन सक्ने बताइएको छ ।

‘सामान्यतया बिमा भएको तीन महिनापछि मात्र सेवा लिन पाउने प्रावधान छ तर यो महिना बिमा भएकाहरुले मंसिर १ गतेबाट सेवा लिन पाउछन्,’ अर्यालले भने ।

शनिवार एक कार्यक्रमका बिच बिमित बालबालिकाहरुलाई गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बिमा कार्ड हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै उनले प्रत्येक वडामा दश जनाका दरले विपन्न र असहाय व्यक्तिको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने तयारी भइरहेको जानकारी दिए ।

‘नामावली संकलन गर्न भनेर सम्बन्धित वडाका अध्यक्षहरुलाई हामीले भनिसकेका छौ, नामावली संकलन भएर आएपछि बिमा गरिदिन्छौ,’ उनले भने ।

शनिबार, असोज १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.