२४ असोज, गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी गोरखामा कुल ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई निर्वाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधि सभा सदस्य तर्फ २३ र प्रदेश सभा सदस्य तर्फ ३३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य तर्फ गोरखा क्षेत्र नम्वर १ मा १० जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट राजेन्द्र बजगाई, नेकपा एमालेबाट रामशरण बस्नेत, जनसमाजवादी पार्टीबाट उत्तर बहादुर खड्का, राप्रपाबाट उदय प्रसाद भट्ट, मंगोल नेशनल अर्गनाईजेशनबाट देव बहादुर थापा र नेपाल शुसासन पार्टीबाट मिन कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै जसपा नेपालका रुपेश राना, नेमकिपाका लिलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकायले पनि उम्मेदवारी दिएका छन् । भीमसेन थापा गाउँपालिकाका बिष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यस्तै गोरखा क्षेत्र नम्वर १ ‘क’ प्रदेशमा सात जनाको उम्मेदावरी परेको छ । नेकपा माओवादी केन्द्रबाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्र बहादुर थापा, राप्रपाबाट सुदिप ढकाल, राप्रपा नेपालबाट हरिराम अर्याल, मंगोल नेशनल अर्गनाईजेशनबाट गंगाबहादुर राना, नेस्नलिष्ट पिपल्स पार्टीबाट बिष्णुबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । गोरखा नगरपालिका–७ का रामशरण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
गोरखा क्षेत्र नम्बर १ ‘ख’ मा दश जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका मोहन भट्टराई, एकीकृत समाजवादीका टेकराज भट्ट, नेस्नलिष्ट पिपल्स पार्टीका रामचन्द्र कुमाल, मंगोल नेशनल अर्गनाईजेशनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै आरुघाट–७ का डाक बहादुर पराजुली, आरुघाट–८ राजकुमार ढकाल र आरुघाट–४ का पूर्ण बहादुर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । दाहाल आरुघाट गाउँपालिका नविर्तमान अध्यक्ष समेत हुन् । कांग्रेसबाट उनी पालिका अध्यक्ष बनेका थिए ।
यता गोरखा क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्य तर्फ १३ जनाको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट अब्दुस सलाम मियाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, राप्रपा नेपालबाट कुल बहादुर बस्नेत, नेपाली कांग्रेस (बी.पी.) बाट टिकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, नेकपा मालेबाट नारायणबाबु आचार्य र राप्रपाबाट शुशिल पन्तको उम्मेदवारी परेको छ ।
त्यस्तै हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मंगोल नेशनल अर्गनाईजेशनबाट सोमबहादुर गुरुङले पनि उम्मेदवारी दिएका छन् । सोही क्षेत्रमा बारपाक सुलिकोट ८ का बिनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटा, काठमाण्डौँ महानगरपालिका ३२ कि डाक्टर माधवी पराजुली (भट्ट) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गोरखा क्षेत्र नम्वर २ ‘क’ प्रदेशमा दश जनाको उम्मेदवारी परेको छ । नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा, नेकपा एमालेका राजु राना, नेकपा एकिकृत समाजवादीबाट जुद्धबिलास भण्डारी, नेमकिपाका बेलबहादुर बस्नेत, राप्रपाका राजेन्द्र शाह, मंगोलनेशनल अर्गनाईजेशनका बिपिका बराम गुरुङ, राप्रपा नेपालका सुबोध बस्न्यात, हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेदवारी दिएका छन् । त्यस्तै गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका हरिशरण आचार्यले र पालुङटार–७ का बिलबहादुर तामाङले सोही प्रदेशका लागी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, नेकपा एमालेबाट बसन्तकुमार गुरुङ, राप्रपाबाट ठाकुर प्रसाद लामिछाने, राप्रपा नेपालबाट सफिदिन मियाँ र मंगोल नेशनल अर्गनाईजेशनबाट रामबहादुर घलेको उम्मेदवारी परेको छ । अजिरकोट ५ का हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।



































