२५ असोज, गोरखा । गोरखाको शहिद लखन गाउँपालिकामा प्रथम सिद्ध लखन कप खुल्ला फुटवल प्रतियोगीता हुने भएको छ । सोरठी सक्रिय युवा क्लबको आयोजनामा कात्तिक २ गतेबाट प्रतियोगीता हुन लागेको हो ।
वडा नम्वर ५ को मास्कीछाप स्थित आहालडाँडाको खेलमैदानमा हुने प्रतियोगीताको उपाधी बिजेता टिमले ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् । उपबिजेता टिमले ३५ हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले पनि नगदको साथमा ट्रफि र प्रमाण पत्र पाउने छन् । प्रतियोगीतामा सहभागी हुने टिमले कात्तिक २ गते दिउँसो १२ बजेभित्र टिम दर्ता गराइसक्नुपर्ने बताइएको छ ।
दर्ता शुल्क ६ हजार कायम गरिएको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































