Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा र मनाङको सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइने

६ कात्तिक, गोरखा । गोरखा र मनाङको सीमानामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागी सुरक्षा निगरानी बढाइने भएको छ । शनिवार गोरखामा भएको दुई जिल्ला बिचको अन्तर जिल्ला समन्वय बैठकले सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँच थप कडाइ गर्ने निर्णय गरेको हो ।

Advertisement

‘जिल्लाका सीमावर्ती नाका प्रयोग गरी हुन सक्ने अवैध हातहतियार तथा बिष्फोटक पदार्थ, लागू औषध, धार्मिक तथा पुरातात्विक वस्तु, बहुमूल्य जडिवुटी, वन पैदावार, निषेधित एवं संरक्षित वन्यजन्तु आदि अवैध वस्तुको चोरी निकासी तथा ओसार प्रसार जस्ता अपराधिक क्रियाकलाप रोक्न र गैरकानूनी कार्यहरु हुन नदिन सिमावर्ती नाकामा सुरक्षा चेकजाँचलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छौ,’ गोरखा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने ।

गोरखाको मनास्लु र मनाङको अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको गतिविधी पनि निगरानी बढाउने उनले बताए । बिदेशी स्वयमसेवक एवं भ्रमण भिषामा नेपाल आएर सीमा क्षेत्रमा धर्म प्रचार गर्नेलाई कानूनी कारवाही गरिने उनले चेतावनी दिए ।

अपराधिक क्रियाकलाप नियन्त्रणका लागी अन्तर जिल्ला सूचना आदान प्रदान सँगै आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ । मंसिर ४ गतेको निर्वाचनमा हुन सक्ने निर्वाचन बिरोधी क्रियाकलाप र आचारसंहिता विपरित कार्यहरु रोक्नका लागी आपसी समन्वय गर्दै अघि बढ्ने सहमति समेत भएको छ ।

जिल्ला सुरक्षा समिति गोरखाको आयोजनामा भएको बैठकमा गोरखा र मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

 

आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.