Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

‘ठूला उद्योगबाट वायोमास इन्धन उत्पादनका कारण वन विनाशको जोखिम बढ्यो’

६ कात्तिक, गोरखा । ठूला उद्योगबाट वायोमास इन्धन उत्पादनका कारण नेपालमा वन विनाशको जोखिम बढेको एक प्रतिवेदनले देखाएको छ । राष्ट्रिय जनवकालत मञ्च, नेपाल ९नाफान०ले ग्लोवल फरेष्ट कोयलिसन र इन्भ्यारोमेन्टल पेपर नेटवर्कको सहकार्यमा गरेको अध्ययनले ठूला उद्योगबाट उत्पादन भएको वायोमासले नेपालमा समेत वन विनाशको जोखिम बढेको देखाएको छ ।

Advertisement

पत्रकार सम्मेलन मार्फत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हाल करीब १० वटा वायोमास इनर्जी कम्पनीहरूले वनश्रोतमा आधारित उर्जा (वायो विक्रेट, पेलेट आदि) उत्पादन गरी बजारीकरण गरी रहेको र त्यसले दिर्घकालमा नेपालका वन क्षेत्रमा नकरात्मक असर पु¥याउने तर्फ संस्थाले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिवेदन सार्वजानिक गर्दै अध्येता भोला भट्टराईले नेपालमा सञ्चालित वायोमास इनर्जी कम्पनीमध्ये केहिले औधोगिक स्तरमा पेलेट उत्पादन लक्ष्य लिई सरकारसँग वनमा रहेको वायोमास संकलन र प्रयोगको सम्झौता गरी उत्पादन शुरु समेत गरिसकेको बताएका छन् । नेपालको ग्रामिण क्षेत्रमा अझै पनि ७७५ इन्धनको रुपमा दाउरा, गुइँठालगायत कृषि क्षेत्रबाट फालिएका वस्तुहरू वाल्ने प्रचलन कायमै रहेको बताउदै भट्टराईले सार्वजानिक गरेको प्रतिवेदनमा वनश्रोतमा आधारित उर्जा ९वायो विक्रेट, पेलेट आदि० कारण सम्भाव्य जोखिमको समेत आँकलन गरिएको छ । जसमा वनको वायोमास संकलन कार्य दिगो किसिमले नहुने जसको कारण वनविनाश बढ्ने प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै वायोमास अर्थात् वनमा रहेका घाँस, पात, पतिङ्गर, बुट्यान, हाँगाबिंगाको साथमा वनका विरुवा र रूख समेत काटिन सक्ने तर्फ समेत संस्थाले ध्यानाकर्षण गराएको छ । वायो इनर्जी कम्पनीसँग सम्झौता भएपछि स्थानीय वासिन्दाले वन पैदावार उपभोग गर्न नपाउने जोखिम समेत रहेको र वनमाथि नाफामूलक कम्पनीलाई यो अधिकार दिइएको खण्डमा वनमाथिको सामुदायिक अधिकार कुण्ठित हुने जोखिम प्रतिवेदनमा उल्लेख छ ।

नाफानले अध्ययन गरि सार्वजानिक गरेको प्रतिवेदनमा सम्भावित जोखिम र समस्या न्यूनिकरणका लागि अवलम्बन गर्न सकिने उपायसहित सरकारसंग आफ्ना माग समेत सार्वजानिक गरेको छ । जसमा तत्काल वायोमास इनर्जी रणनीति, २०१७ खारेज गरी नयाँ उर्जा नीति वृहत छलफल र परामर्शमा बनाइनु पर्ने, परम्परागत रूपमा उपयोग गरी रहेको वायो इनर्जीलाई ब्यापारीकरण गर्ने कार्य तत्काल रोकिनुपर्ने, समुदायका वनश्रोतमा आश्रित समुदायको इन्धनमाथिको अधिकार खोस्ने कार्य बन्द गरिनुपर्ने माग नाफानको रहेको छ ।

त्यस्तै औद्योगिक स्तरमा वनको वायोमास निकाल्ने कार्यले वनमा आश्रित समुदायको जीवन र जीविका नै खतरामा पर्ने भएकोले यस्तो कार्य बन्द गरिनुपर्ने, वनक्षेत्रको वायोमास औद्योगिक प्रयोजनका लागि निकाल्दा वन तथा जैविक विविधता नष्ट हुने भएकोले यस्तो अवस्था नआउने रणनीति अंगिकार गर्नुपर्ने, वन श्रोतमा आधारित औद्योगिक स्तरको वायो इनर्जीलाई वैकल्पिक उर्जारइनर्जीको रुपमा मान्यता दिइने कार्य बन्द गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

साथै वायो इनर्जी प्रवर्धनका लागि समावेशी र पारदर्शी संयन्त्र निर्माण गरी नियमित निगरानी, अनुगमन र प्रतिवेदन सार्वजनिक गरी सामाजिक र वातावरणीय सुरक्षाको ग्यारेण्टी गर्न समेत माग गरिएको अध्येता भट्टराईले बताए ।

आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.