१३ कात्तिक, गोरखा । गोरखा अस्पतालका चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ का २८ बर्षिय समिर कुँवर, १९ बर्षिय अनुप बस्नेत र वडा नम्वर ३ का २६ बर्षिय प्रमोदजंग कुवँर रहेका छन् ।
कात्तिक ६ गते ड्यूटीमा रहेका अस्पतालका मेडिकल अधिकृत अविनास पराजुलीलाई कार्यकक्षमै ढोका थुनेर उनीहरुले कुटपिट गरेका थिए । सोही दिनदेखि फरार रहेका उनीहरुलाई शनिवार पक्राउ गरिएको प्रहरी निरिक्षक सोमदास ढकालले बताए ।
पक्राउ परेका बिरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले जानकारी दिए । चिकित्सकमाथि कुटपिट गरेको बिरोध गर्दै अस्पताल व्यवस्थापन समितिले घटनाको दोषीलाई कडा कारवाही गर्न माग गर्दै आएको थियो ।
कारवाही नभए चरणवद्ध आन्दोलनमा जाने चिकित्सकहरुले घोषणा समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































