२० कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा गोरखा २ मा आफ्नो प्रतिस्पर्धी कोही नभएको अभिव्यक्ति दिएका छन् ।
शुक्रवार गोरखाका पत्रकारसँग कुराकानी गर्दै उनले प्रतिस्पर्धीलाई अहिलेसम्म पत्ता लगाउन नसकेको बताए । ‘मैले प्रतिस्पर्धी पत्ता लगाउन सकेको छैन, को हो भन्ने चिनेको पनि छैन, अहिलेसम्म देख्या पनि छैन,’ उनले भने, ‘त्यसैले गोरखा २ मा मेरो प्रतिस्पर्धी कोही नभएको जस्तो लागेको छ ।’
आफ्नो निर्वाचन क्षेत्रको बिभिन्न ठाउँमा करिव ५० वटा मतदाता भेटघाट कार्यक्रम गर्दा पनि प्रतिस्पर्धी भएको अनुभूती नभएको उनले बताए । आफ्नो जितका लागी मतपरिणामलाई उचाइमा कसरी लैजाने भन्ने बिषयमा मात्र मतदाताहरु केन्द्रित रहेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































