२३ कार्तिक,गोरखा । गोरखा नगरपालिका अन्तर बिद्यालय स्तरिय अन्डर–१३ लिग फुटवल प्रतियोगीता शुरु भएको छ । द ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका(९ दलभञ्ज्याङ स्थित खेलमैदानमा शनिवारबाट प्रतियोगीता शुरु भएको हो ।
प्रतियोगीता अन्तरगत शनिवार चार खेल भएका छन् । पहिलो खेल महालक्ष्मी मावि लक्ष्मीबजार र सुर्यमुखी बोर्डिङ छेवेटार बिच भएको थियो । उक्त खेलमा ९–० को फराकिलो गोल अन्तरले महालक्ष्मी बिजयी भएको छ । जेनियस बोर्डिङ र गोरखा बोर्डिङ बिच भएको दोस्रो खेलमा ५–३ को गोल अन्तरले जेनियस बिजयी भएको छ ।
तेस्रो खेल लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र द ओल्ड क्यापिटल रानीवन बिच भएको थियो । सो खेलमा ४–१ को गोल अन्तरले लक्ष्मी सामुदायिक बिजयी भएको छ । तारा मावि छेवेटार र सेन्ट जोसेफ बिच भएको चौथो खेल भने बराबरीमा टुङ्गिएको थियो ।
अवको अर्काे खेल आउँदो शनिवार हुने आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए । ‘हामीले शनिवार मात्र खेल गराउछौ,’ उनले भने । प्रतियोगीतामा नगर क्षेत्रका दश वटा बिद्यालय सहभागी छन् । पहिलो हुनेले नगद ७ हजार ५ सय र दोस्रोले ३ हजार ५ सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
उनीहरु आगामी चैत महिनामा हुने आठौ ओसन कप राष्ट्रिय प्रतियोगीतामा सहभागी समेत हुन पाउने क्लबका अध्यक्ष खत्रीले जानकारी दिए ।



































