२३ कात्तिक, गोरखा । चीनसँग सिमा जोडिएको गोरखाको चुमनुव्री गाउँपालिकाको मतपेटिका ढुवानीका लागी हेलिकप्टर माग गरिएको छ । निर्वाचन पश्चात मतपत्र र मतपेटिका हेलिकप्टरबाट मतगणना स्थलसम्म ल्याउने व्यवस्था मिलाइदिन माग गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
‘यही कात्तिक ३ गते जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसेर निर्णय ग¥यौ,’ समिति संयोजक समेत रहेका प्रजिअ आचार्यले भने, ‘सोही निर्णय अनुसार गृह मन्त्रालय र निर्वाचन आयोगलाई हेलिको माग गर्दै पत्र पनि पठाइसकेका छौ ।’
जिल्ला निर्वाचन कार्यालयका अनुसार चुमनुव्रीमा कुल २२ मतदान केन्द्र छन् । सडक सञ्जाल नजोडिएको र भौगोलिक बिकटता भएका कारण मतपेटिका ढुवानीमा समस्या हुने गरेको छ । ‘सडक नभएकै कारण मतपेटिका बोकाएर ल्याउनुपर्छ, मान्छेले बोकाएर ल्याउँदा ढिला पनि हुने र सुरक्षा जोखिम पनि हुन्छ,’ उनले भने ।
मान्छेले बोकेर मतपेटिका ढुवानी गर्दा कम्तिमा तीन देखि चार दिन लाग्ने उनले बताए । हेलिकप्टर मार्फत मतपेटिका ढुवानी भएमा मतगणना पनि छिटो शुरु गर्न सकिने उनको भनाइ छ । ‘मान्छेले बोकाएर ल्याउनुप¥यो भने यहाँसम्म ल्याउन कम्तिमा ५ दिन लाग्छ, हेलिबाट ल्याइयो भने एकै दिनमा आउछ, गणना पनि चाडै शुरु गर्न पाइन्छ,’ उनले भने ।
गोरखा सदरमुकामबाट सबैभन्दा टाढाको मतदान केन्द्र चुमनुव्रीको साम्दो स्थित साम्दो आधारभूत बिद्यालय हो । सो क्षेत्र सदरमुकाममा ५२ कोष दु्रीमा पर्छ ।



































