२६ कात्तिक, गोरखा । गोरखाका पाँच हजारभन्दा बढी बिद्यार्थीको निशुल्क आँखा परिक्षण गरिएको छ । सातौ बर्षमा प्रवेश गरेको अवसरमा लायन्स क्लब अफ गोरखा दरौदीले बिभिन्न पालिकामा आँखा शिविर संचालन गरेको थियो ।
सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकाका १६ बिद्यालयमा संचालन भएको शिविरमा कुल ५ हजार ४ सय १० जनाको आँखा परिक्षण गरिएको क्लबका अध्यक्ष रमेश बिष्टले बताए । दश दिनसम्म चलेको अभियानमा २ सय २ जनालाई निशुल्क चश्मा समेत वितरण गरिएको छ ।
आँखा परिक्षणको क्रममा १८ जना बिद्यार्थीमा जटिल प्रकृतिको दृष्टिदोष देखिएको भरतपुर अस्पतालका प्राविधिक आयुष पौडेलले बताए । उनका अनुसार उनीहरुलाई थप उपचारका लागी अस्पताल रिफर गरिएको छ ।
भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा क्लबले संचालन गरेको शिविरको शुक्रवार एक कार्यक्रमका बिच समापन गरिएको छ । मधुमेह दिवसको अवसरमा आगामी सोमवार छेवेटारमा निशुल्क डायविटिज परीक्षण गर्ने पनि क्लबको तयारी छ ।



































