३ मंसिर, गोरखा । मंसिर ४ गते (भोली) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणनाका लागी गोरखामा गोरखामा मतगणना स्थल तयार भएको छ । गोरखा–१ को जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना हुने बताइएको छ ।
सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको हो ।
मतगणना स्थलमा तारजाली सहित सिसीटिभी समेत जडान गरिएको गोरखा–२ का निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईले बताए । ‘मतगणना स्थल तयार भइसक्यो,’ उनले भने, ‘सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सिसीटिभी समेत जडान गरेका छौ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएका कारण गोरखा–२ को निर्वाचनलाई बिशेष रुपमा हेरिएको छ ।
यता गोरखा–१ को मतगणना स्थल पनि तयार भइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताए । स्थलमा तारजाली सहित सिसीटिभीको व्यवस्था गरिएको उनले जानकारी दिए ।



































