Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

राजेन्द्रलाई गठबन्धनको बलमा बदला लिने अवसर

३ मंसिर, गोरखा । दुईपटक पार्टीको केन्द्रीय सदस्य र एकपटक प्रदेश सभा सदस्यमा पराजय व्यहोरेका राजेन्द्र बजगाईं यसपटक गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेका छन् । पराजयको शृंखला झेलेका नेपाली कांग्रेसका उनले यो पटक जिते व्यवसायबाट राजनीतिमा स्थापित हुने अवसर पनि पाउनेछन् ।

Advertisement

२०२९ सालमा गोरखाको भीमसेन गाउँपालिका–१ मसेलमा जन्मेका बजगाईं कक्षा ८ मा पुगेपछि नेपाल विद्यार्थी संघको सदस्यताबाट राजनीतिमा आएको बताउँछन् । नेविसंघको जिल्ला सदस्य हुँदै अगाडि बढेका उनले २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।

उनले २०४८ सालमा कांग्रेस पार्टीको क्रियाशील सदस्यता पाए, तर विद्रोह गरेको भन्दै २०५१ मा खोसियो । २०५२ मा गोरखा कांग्रेस सभापति चिनकाजी श्रेष्ठविरुद्ध जागरण अभियानमा लागेपछि उनी झन् अप्ठ्यारोमा परे । त्यसपछि उनी पत्रकारिता पढ्न काठमाडौंतिर लागे । उनै श्रेष्ठको हातबाट क्रियाशील सदस्यता लिने मौका पनि काठमाडौंमै जुर्‍यो ।

‘एकदिन वीर अस्पताल अगाडि हिंडिरहेको भेटेर चिनकाजी श्रेष्ठलाई मैले ठमेल ल्याएँ’ बजगाईं सम्झन्छन्, ‘उहाँले झोलाबाट पार्टी सदस्यताको रसिद प्याड निकाल्नुभयो अनि त्यसमा लेख्नुपर्ने लेखेर मलाई दिनुभयो ।’

काठमाडौं बसाइको दौरान उनले कांग्रेसका माथिल्ला तहका नेताहरूसँग भेटघाट बढाए । त्यसबाट उनलाई पार्टीको १२औं महाधिवेशनबाट महासमिति सदस्य बन्न सहयोग पुग्यो । १३औं महाधिवेशनमा कुनै पनि गुटमा नपरेका उनी केन्द्रीय सदस्यमा उठेर हारे । १४औं महाधिवेशनमा पनि उनी महासमिति सदस्य बने । त्यो बेला सुशील कोइराला गुटमा पसे पनि केन्द्रीय सदस्यमा पराजित भए ।

पर्यटन व्यवसायीको रूपमा चिनिएका बजगाईंलाई यसपटक कांग्रेसले गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा टिकट दिएको छ । उनका मुख्य प्रतिस्पर्धी नेकपा (एमाले)का रामशरण बस्नेत छन् । २०७४ सालको निर्वाचनमा गोरखा–१ (ख) को प्रदेश सभा सदस्यमा तिनै बस्नेतले बजगाईंलाई भारी मतान्तरले हराएका थिए ।

त्यसबेला बस्नेतको पछाडि वाम गठबन्धनको शक्ति थियो । यसपटक बजगाईंले सत्ता गठबन्धनको बल पाएका छन् । ‘यो कारण पनि मेरो जित सुनिश्चित छ’ उनी दाबी गर्छन्, ‘उत्तरी गोरखा यसै पनि कांग्रेसको पकड क्षेत्र हो ।’

अघिल्लो चुनावमा आफ्ना एजेण्डाहरू समयमै जनतामाझ पुर्‍याउन नसक्दा कमजोरी पनि भएको बजगाईंको स्वीकारोक्ति छ । यो पटक पहिलेका सबै गल्ती सुधार्दै आफ्नो भूगोललाई धेरै समय दिने उनले बताए ।

चुनावी अंकगणित

गोरखा–१ मा कांग्रेसका दुईजना टिकटको दावेदार थिए– बजगाईं र पुराना नेता चिनकाजी श्रेष्ठ । टिकट नपाएपछि श्रेष्ठ समूहबाट असहयोग हुनसक्ने शंका गठबन्धनभित्र छ ।

गत स्थानीय चुनावमा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा नेपाली कांग्रेस अगाडि छ । गोरखा–१ मा कांग्रेसले २७ हजार ८४, माओवादी केन्द्रले २५ हजार ४७२, एमालेले १४ हजार ५६६ र जसपाले २ हजार ७५४ मत प्राप्त गरेका थिए ।

यो हिसाबअनुसार बजगाईं गठबन्धनको ५५ हजार ३१० मतसहित चुनावी मैदानमा छन् । गठबन्धनको भावनाअनुसार प्रचार र मतदान भए अनि नेपाली कांग्रेसमा प्रायः हुने गरेको अन्तर्घात नभए बस्नेतको भन्दा बजगाईंको स्थिति मजबुत रहेको स्थानीय निर्वाचनको आँकडाले देखाएको छ ।

शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.