Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

"५० प्रतिशत पनि मत खसेन "

४ मंसिर, गोरखा । छिटपुटका घटना बाहेक गोरखामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । तर गत निर्वाचनको तुलनामा यसपटक मत कम खसेको छ ।

Advertisement

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाभर कुल ६५.३ प्रतिशत मत खसेको थियो । तर यसपटकको निर्वाचनमा करिव ४५ देखि ५० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताए । ‘मतदान सकिएपनि कति प्रतिशत मत खस्यो भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तर करिव ४५ देखि ५० प्रतिशत मत खस्यो भन्ने हाम्रो आकलन हो ।’

मतपेटिकाहरु संकलन गरेर मतगणना स्थलमा ल्याउने काम भइरहेको उनले जानकारी दिए । यसपटकको निर्वाचनका लागी जिल्लामा कुल २ लाख २० हजार ६३७ मतदाता कायम भएका थिए । २ सय २२ मतदान स्थल र ३ सय १७ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले र नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । श्रेष्ठ शनिवार नै गोरखा आएका थिए भने भट्टराई आज बिहान मात्र आएका हुन् ।

गोरखा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार आफ्नो निर्वाचन क्षेत्रका मतदान स्थलहरुको निरिक्षण समेत गरेका थिए ।

उनी चितवनमा मतदान गरेर गोरखाका मतदान स्थलको निरिक्षणमा आएका हुन् । केही मतदान स्थलको निरिक्षण गरेर उनी आजै फर्किएका छन् ।

आइतबार, मङि्सर ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.