६ मंसिर, गोरखा । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायम नै छ । बाम गठवन्धनका उम्मेदवार प्रचण्डले हालसम्म ५ हजार ९८१ मत प्राप्त गरेका छन् । यो १० हजार ४३६ मत गणना हुदाको परिणाम हो ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् । प्रचण्ड ६ हजार मत नजिक पुग्दै गर्दा बुर्लाकोटीले १ हजार ६८४ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका अब्दुस सलाम मिया भने तेस्रो स्थानमा छन् । हालसम्म उनले १ हजार ४३८ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रमा कुल ५३ हजार ९ सय ७८ मत खसेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































