६ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्वर १ को मतगणना शुरु भएको छ । मंगलवार बिहान दश बजे बसेको सर्वदलिय बैठक पश्चात मतगणना शुरु गरिएको हो ।
जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ । सोमवार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो ।
सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको हो ।
गोरखा–१ मा कुल ५९ हजार ८९ मत खसेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































