७ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्वर १ को १ प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका कृष्ण धिताल बिजयी भएका छन् ।
लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवारी दिएका उनले १५ हजार ४५७ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र बहादुर थापाले ९ हजार ८२२ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा कुल ३० हजार ४९४ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































