Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

चुनावी समिक्षा : गठवन्धनमै देखियो बन्धन

"रेकर्ड ब्रेक गर्ने प्रचण्डको सपना अधुरै "

१६ मंसिर,गोरखा । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको यसपटक निर्वाचनमा अत्याधिक मतले बिजयी भएर रेकर्ड ब्रेक गर्ने सपना थियो ।

Advertisement

निर्वाचनअघि भएका चुनावी कोणसभामा पनि उनले पटक पटक यही कुरा दोहो¥याएका थिए । उनी बिजयी त बने तर रेकर्ड ब्रेक गर्ने उनको सपना भने अधुरै रह्यो । त्यसो त रेकर्ड कायम गर्न भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ स्वयमले प्रचण्डलाई उकासेक थिए ।

२०७९ कात्तिक २ गते तिनधारे स्थित कांग्रेस पार्टी कार्यालयमा भएको लोकतान्त्रिक बाम गठवन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले २०६४ सालको निर्वाचनमा खसेकोमध्य ८३ प्रतिशत मत प्राप्त गरेर आफू बिजयी भएको बताउँदै प्रचण्डलाई ९० प्रतिशत मतान्तरको टार्गेट दिएका थिए ।

भट्टराईले दिएको टार्गेट पुरा गर्न प्रचण्डले ठुलै कसरत गरे तर निर्वाचनको मतपरिणामले त्यो अवसर दिएन । कुल मतदाता १ लाख ५ हजार २४० भएपनि हालै सम्पन्न निर्वाचनमा प्रचण्डको क्षेत्रमा ५३ हजार ९४१ मत मात्र खस्यो । उनले १३ हजार ४७० मतअन्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई पराजित गरे ।

प्रचण्डले कुल २६ हजार १०९ मत प्राप्त गरेका हुन् । प्रचण्डले जितको सुनिश्चितता र अनुकुलताका कारण रोजेको गोरखाबाट ठूलो मतान्तरले सहयात्री बाबुरामको रेकर्ड ब्रेक गर्ने लक्ष्य भेट्टाउन त सकेनन् नै, आफ्नो क्षेत्रबाट चुनाव लड्न आएको ठूलो नेताप्रतिको गौरव महसुस गराएर मतदातालाई आकर्षित समेत गर्न सकेनन् ।

प्रचण्डले भन्दा घण्टी चिह्नबाट चुनाव लडेका रास्वपाका उम्मेदवार बुर्लाकोटीले प्राप्त गरेको मत उल्लेखनीय देखियो । बुर्लाकोटीले १२ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । चुनावअघि निकै चर्चा कमाएका नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले भने पार्टीको कमजोर संगठन भएको क्षेत्रबाट ७ हजार ३ सय ९५ मत प्राप्त गरे ।

स्थानीय चुनावमा गोरखा(२ का वडाअध्यक्षहरूले पाएको मतले पनि प्रचण्डलाई रेकर्ड बनाउने सपना देखाएको थियो । उक्त चुनावमा माओवादी केन्द्रका वडाअध्यक्षहरूले मात्रै २२ हजार २५० मत ल्याएका थिए । कांग्रेसका उम्मेदवारहरूले २१ हजार १३६ मत र जनता समाजवादी पार्टी (जसपा)ले ७ हजार ५०४ मत पाएको थियो ।

जसपाको मत बाबुरामको व्यक्तिगत प्रभावमा जाने हुनाले यो सबै मत प्रचण्डको पक्षमा थियो । यदि प्रचण्डले आकर्षण गरेको भए, उनले अहिले पाएको भन्दा राम्रो मत बटुल्न सक्थे । बरु, एमालेका वडाध्यक्षहरूले स्थानीय तहमा प्राप्त मत प्रतिनिधिसभाका उम्मेदवार मियाँले धेरै घट्न दिएनन् । यो क्षेत्रमा एमालेका वडाध्यक्षहरुले ७ हजार ९२६ मत प्राप्त गरेका थिए ।

उतारचढावपूर्ण सम्बन्धमा रहने बाबुरामको सदासयता, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजीको गृह जिल्ला र उनको साथ अनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले ११ मध्ये ९ वटाको प्रमुख जितेको चुनावी परिणामले प्रचण्डलाई उत्साहित बनाएको थियो ।

यससँगै सत्ता गठबन्धनमा आफ्नो पार्टीपछिको बलियो दल कांग्रेससँगको सहकार्यले रेकर्ड बनाउने सपना देख्नु कुनै नौलो कुरा थिएन । तर उनको त्यो सपना साकार हुन सकेन । प्रचण्डले रेकर्ड ब्रेक गर्न नसक्नुको पछाडी चुनावी कमाण्डरको गतिशिलताको कमी रहेको स्वयम कार्यकर्ताहरु बताउछन् ।

मतदाता भेटघाट कार्यक्रममा पार्टी कार्यकर्ताको घेरामा मात्र प्रचण्ड सिमित हुनुको असर पनि चुनावको मतपरिणाममा देखिएको उनीहरुको बुझाइ छ । ‘ओभर कन्फिडेन्ट’ पनि एक प्रमुख कारक रहेको उनीहरु बताउछन् । गोरखा २ मा कांग्रेसले बफादार भएर माओवादीलाइ भोट नहाल्दा पनि अपेक्षा अनुसारको मत आउन नसकेको माओवादी केन्द्रका एक कार्यकर्ताले बताए ।

‘गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईलाई माओवादीले बफादार भएर भोट हाल्यो, दुवै पार्टीको समानुपातिक मतपरिणामले त्यो देखाउछ,’ उनले भने, ‘गोरखा २ मा भने कांग्रेसले माओवादीलाई खासै भोट हालेको देखिएनन ।’

गठवन्धनले कांग्रेसलाई बढी फाइदा

यसपटकको निर्वाचनमा लोकतान्त्रिक बाम गठवन्धनले कांग्रेसलाई बढी फाइदा भएको देखियो । गोरखा १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई २०७४ सालको निर्वाचनमा एमालेका रामशरण बस्नेतसँग प्रदेशसभा सदस्यमा भारी मतान्तरले पराजित भएका थिए ।

तर गठवन्धनकै आडमा अहिले बजगाई प्रतिनिधिसभा सदस्यमा तिनै बस्नेतसँग भारी मतान्तरले बिजयी बने । यता गोरखा १ को ‘ख’ प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेसका नन्द प्रसाद न्यौपानेले पनि गठवन्धनको आडमा निकटतम प्रतिस्पर्धीलाई राम्रै मतान्तरले पछि पार्दै बिजयी बने ।

गोरखा २ को ‘ख’ प्रदेशसभा सदस्यमा बिजयी बनेका नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले पनि गठवन्धनकै कारण राम्रै मत प्राप्त गरेर बिजयी बने । समग्रमा उनीहरु लोकप्रिय उम्मेदवार होइनन् । तर गठवन्धनले उनीहरुको जित सहज बनायो । यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने अपेक्षा अनुसारको मत प्राप्त गरेनन् ।

गोरखा १ को ‘क’ प्रदेशमा बिजयी बनेका माओवादी केन्द्रका कृष्ण धितालले भने गठवन्धनको फाइदा लिए । लोकप्रिय उम्मेदवार नभएपनि गठवन्धनकै कारण उनी बिजयी बने ।

शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.