१८ मंसिर, गोरखा । गोरखाका पत्रकार हरिराम उप्रेती तुलसी स्मृती पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । सिरानचोक गाउँपालिकामा भएको नेपाल पत्रकार महासंघ गोरखा शाखाको ११ औ साधारणसभाको अवसरमा उनी पुरस्कृत भएका हुन् ।
पत्रकार महासंघकी केन्द्रिय सचिव सिर्जना अर्याल र गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले उप्रेतीलाई दोसल्ला ओडाएर सम्मान पत्र सहित पुरस्कार वितरण गरेका हुन् । पुरस्कारको राशी दश हजार रुपैया रहेको छ ।
उप्रती कान्तिपुर दैनिक पत्रिकाका गोरखा संवाददाता हुन् । दुर्गम गाउँबस्ती पुगेर गरेको पत्रकारिताको उच्च मूल्यांकन गर्दै उप्रेतीलाई उक्त पुरस्कार दिइएको बताइएको छ ।
समाजसेवी तुलसी अर्यालको स्मृतिमा उनका छोराहरुले २०६९ मा कोष स्थापना गरेका हुन् । सोही कोषबाट कामको मूल्यांकनको आधारमा बर्षेनी एक जना पत्रकार पुरस्कृत हुदै आएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































