२१ मंसिर, गोरखा । गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित खेलमैदानमा जारी नगरपालिका अन्तर बिद्यालय स्तरिय अन्डर–१३ लिग फुटवल प्रतियोगीतामा चौथो चरणका खेलहरु सम्पन्न भएका छन् ।
शनिवार भएको चौथो चरणका खेल अन्तरगत पहिलो खेल महालक्ष्मी मावि लक्ष्मीबजार र तारा मावि छेवेटार बिच भएको थियो । उक्त खेलमा ३–० को गोल अन्तरले महालक्ष्मी मावि बिजयी भएको छ । ओल्ड क्यापिटल बोर्डिङ रानीवन र रत्नराज्य लक्ष्मी मावि बिरेन्चोक बिच भएको दोस्रो खेलमा ९–० को फराकिलो गोल अन्तरले ओल्ड क्यापिटल बिजयी भएको छ ।
तेस्रो खेल लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र मोर्डन सेकेण्डरी बोर्डिङ बिच भएको थियो । उक्त खेलमा ८–० को फराकिलो गोल अन्तरले मोर्डनलाई पछि पार्दै लक्ष्मी सामुदायिक शिक्षा सदन बिजयी भएको छ । परिक्षाका कारण सहभागी बिद्यालय नआएपछि चौथो खेल भने स्थगित भएको छ ।
मंसिर २४ गते शनिवार प्रतियोगीता को पाँचौ चरणका खेलहरु हुने आयोजक द ओसन क्लबले जनाएको छ ।
प्रतियोगीतामा नगर क्षेत्रका दश वटा बिद्यालय सहभागी छन् । पहिलो हुनेले नगद ७ हजार ५ सय र दोस्रोले ३ हजार ५ सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । उनीहरु आगामी चैत महिनामा हुने आठौ ओसन कप राष्ट्रिय प्रतियोगीतामा सहभागी समेत हुन पाउने क्लबका अध्यक्ष खत्रीले जानकारी दिए ।



































