२२ मंसिर, गोरखा । निर्माण व्यवसायी संघ जिल्ला समिति गोरखाले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
१५ औ राष्ट्रिय निर्माण दिवसको अवसर पारेर बिहीवार आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।
आश्रम पुगेर संघका जिल्ला अध्यक्ष सुर्य बहादुर भण्डारीले आश्रमका अभिभावक इश्वरकाजी मास्केलाई नगद १५ हजार हस्तान्तरण गरेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































