Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

जसको धन्सारमा माओवादीको हेडक्वाटर बसेको थियो

मंसिर २३,गोरखा । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को मुख्यालय काटेश्वरको पेरिसडाँडामा छ । त्यहाँ रहेको भव्य भवनहरुबाट पार्टी गतिविधि सञ्चालन हुन्छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्ने खुमलटारस्थित महल पनि बेलाबेला चर्चा र विवादमा आइरहन्छ ।

Advertisement

यही पार्टीको सुरुवाती हेडक्वाटर भने गोरखाको एउटा गाउँमा रहेको एक व्यक्तिको घरको धन्सारमा रहेको थियो भन्दा पत्यार नलाग्न सक्छ । तर, यो कुरा सत्य हो । मंसिर ४ को निर्वाचनमा गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा पहिलो सैन्य अभ्यास सुरु गरेको गोरखाको सिरानचोकलाई चिनकाङसाङ सँग तुलना गरेका थिए ।

४० वर्षपछि पुनः गोरखा फर्कनुलाई चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको चिनकाङसाङ यात्रासँग तुलना गरेका उनले चुनावी आमसभामा खोप बहादुर कँडेलको नाम पनि बारम्बार उच्चारण गरेका थिए । कँडेल तिनै हुन्, जसको घरमा माओवादीको पहिलो पार्टी हेडक्वाटर स्थापना भएको थियो ।

पालुङटार नगरपालिका (साविक वडा नम्वर १ च्याङली) स्थित कँडेलको घरमा २०४५ सालमा प्रचण्डले तत्कालीन नेकपा मशालको मुख्यालय स्थापना गरेका थिए । ‘घरको धन्सारमा कार्यालय थियो,’ कँडेलले भने, ‘कार्यालयमा अरु सामानहरु केही थिएनन्, एक÷दुई बोरा किताबहरु मात्र थिए ।’

धन्सारमा विशेषतः नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न क्रान्तिको मोडेल समेटिएका पुस्तकहरु रहेको उनी बताउँछन् । जिल्ला कमिटि सचिव भएकाले कार्यालयमा अधिकांश समय राम बहादुर थापा ‘बादल’ हुन्थे । प्रचण्ड हप्ताको एक÷दुई आउँथे । मोहन बैद्य भने हप्ता–दश दिनमा एक पटक आउने गर्थे ।

‘त्यो कार्यालयमा प्रचण्ड, बादल र वैद्य मात्र आउनुहुन्थ्यो, मेरो घरमा मिठो मसिनो जे पाक्थ्यो त्यही खानुुहुन्थ्यो र त्यही धन्सारमा सुत्नुहुन्थ्यो,’ उनले भने । कहिलेकाही बैठक हुँदा ओड्ने ओछ्याउने अपुग हुने गरेको उनी सम्झन्छन् । प्रचण्ड प्रायः कोट वा स्वीटरमा हुन्थे । प्रचण्ड र बादल दुवैले जुल्फी पालेका थिए । वैद्य भने टोपी लगाउँथे ।

करिब आठ÷दश महिना उनीहरुले कँडेलको घरलाई हेडक्वाटर बनाए । सो ठाउँमा बसेर उनीहरुले जनयुद्धको रणनीतिक योजना तयार गरे । २०५२ सालमा कडेँलको धुवाकोट स्थित बेशीमा रहेको घरमा जनयुद्धको योजना बनाउन पहिलो बैठक बस्यो जसलाई ‘गोरखा बैठक’ नाम दिइएको थियो । त्यति बेला नेकपा मशाल नेकपा माओवादी भइसकेको थियो ।

१९ सदस्यीय केन्द्रिय समिति भएपनि त्यो बैठकमा १७ जना मात्र उपस्थित थिए । बैठक पश्चात बाबुराम भट्टराइले सम्झना स्वरुप सामूहिक तस्विर खिच्ने प्रस्ताव गरे । ‘अव मरिने भइयो, क्रान्तिको निम्ति बलिदानी पनि हुन सकिन्छ, सम्झनाका लागी फोटो खिचौ भनेर मेरो घर अगाडी बाबुराम दाईले हामीसबैलाइ राखेर सामूहीक फोटो खिच्नुभयो, त्यो फोटो उहाले लानुभयो, हामीले हेर्न पाएनौ,’ कडेँलले भने ।

६६ बर्ष पार गरिसकेका सामान्य घरपरिवारका कडेँल २०३६ सालमा पार्टीको जिल्ला कमिटि सदस्य भएका थिए । शिक्षण पेशामा आवद्ध भएका कारण उनी धेरै घर बस्न पाउदैनथे । २०३८ सालमा उनले तनहूँको सत्रसय हाइस्कुलमा पढाए । शिक्षक आन्दोलनका कारण उनी बर्खास्तमा परे ।

त्यसपछि दश महिना पार्टीको होल टाइमर कार्यकर्ता भएर काम गरे तर पञ्चायती व्यवस्थाका कारण समस्या भएपछि पुनः अध्यापनका लागी घ्याल्चोक गए । उनले त्यहाँ पाँच बर्ष पढाए र पार्टीको दोस्रो जिल्ला सम्मेलन त्यही गराए । अध्यापनको दौरन उनी नाम्जुङ, च्याङली हुदै बुंकोट पुगे । बुंकोटमा करिव चार बर्ष अध्यापन गरेका उनी २०४६ सालको बहुदल आएपछि जागिर छाडे ।

पार्टीको तेस्रो जिल्ला सम्मेलन आफ्नै घर धुवाकोटमा गराए । २०४९ सालमा उनी साविकको धुवाकोट गाविस अध्यक्ष समेत बने । २०५३ सालबाट उनी भूमिगत भए । जनयुद्धको दौरान भूमिगत हुदाँ उनी कास्की, बाग्लुङ र तनहूँलाई आफ्नो कार्यक्षेत्र बनाए । सोही दौरान उनलाई तनहूँ र कास्कीको सिमानामा पर्ने दुलैगौडा स्थित लानी आहालबाट नेपाली सेनाले उनलाई पक्राउ ग¥यो ।

उनले १८ महिना सेनाको हिरासतमा कष्टकर जिवनयापन गरे । २०६० सालको दोस्रो वार्ताको सन्दर्भमा उनी छुटे । लामो समय हिरासतमा रहेका कारण स्वास्थ्यमा समस्या देखियो । पक्राउपछि उनलाई पार्टीले निलम्वित समेत ग¥यो । एक÷दुई बर्षपछि उनको स्वास्थ्यमा क्रमिक सुधार देखियो । सफाइदिएपछि पार्टीमा पुन जोडिए । अहिले उनी पार्टी केन्द्रिय सदस्य छन् ।

पार्टीको हेडक्वाटर बसेको उनको घर अहिले भूकम्पले भत्केको छ । उनी धुवाकोट स्थित बेशीमा रहेको घरमा बस्छन् । जग्गा जमिन भएपनि पार्टीको पहिलो कार्यालय बसेको घर भने भग्नावशेषमा परिणत भइसकेको उनी बताउछन् ।

शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.