२६ मंसिर, गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको भवन निर्माणका लागी पवनरमण खनालले आर्थिक सहयोग गरेका छन् ।
महासंघका संस्थापक सदस्य समेत रहेका खनालले भवन निर्माणार्थ २५ हजार नगद सहयोग गरेका हुन् । खनालले उक्त रकम पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
गोरखा नगरपालिका–८ मा निर्माणाधिन भवनको करिव ४० प्रतिशत काम सम्पन्न भएको महासंघका सचिव बिकास मरहट्टाले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































