२८ मंसिर, गोरखा । ज्येष्ठ नागरिक संघ गोरखाको अध्यक्षमा पुनः मोहनलाल श्रेष्ठ चयन भएका छन् । वुधवार भएको संघको छैटौ साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा दिल बहादुर बस्नेत, सचिवमा बोध प्रसाद अधिकारी, सहसचिवमा तुलसा मरहट्टा र कोषाध्यक्षमा जुनमाया श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा इश्वर बहादुर बस्नेत, ध्रुव कुवँर, अर्जुन बस्नेत, जगनसिं गुरुङ, निर्मला श्रेष्ठ र इन्द्र बहादुर भट्ट रहेका छन् ।
संघका जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, गोरखा नगरपालिका वडा नम्वर १३ की अध्यक्ष मित्रा परियार, सामाजिक बिकास कार्यालयका ददिराज पौडेल, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, रोलक बहादुर थापा, डिल बहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा संघका सहसचिव बोध प्रसाद अधिकारीले संघको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।



































