३ पुष, गोरखा । गत मंसिर ४ को निर्वाचनमा गोरखा–१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका राजेन्द्र बजगाईले आफू निर्वाचित क्षेत्रमा स्टेचर वितरण गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा रहेको ५६ वटै वडामा एक÷एक वटा स्टेचर वितरण गरिएको उनले बताए ।
आइतवार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बिच बजगाईले ५६ वटा स्टेचर जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरेका छन् । उक्त स्टेचर जिसस प्रमुुख मोहन बहादुर थापालाई हस्तान्तरण गर्दै बजगाईले सम्बन्धित वडाहरुमा पु¥याइदिन आग्रह गरेका छन् ।
‘मतदातालाई धन्यवाद ज्ञापन गर्ने नाममा अनावश्यक खर्च गरेर भोज भतेरको कार्यक्रम गर्नुभन्दा केही नयाँ कामबाट शुरुवात गरौ भनेर स्टेचर वितरण गरेको हुँ,’ बजगाईले भने, ‘स्टेचरले बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान सहज हुन्छ भन्ने अपेक्षा छ ।’
उनी निर्वाचित क्षेत्रमा उत्तरी गोरखाको भूगोल समेत पर्छ जहाँ हालसम्म सडक सञ्जाल जोडिएको छैन ।
सो क्षेत्रमा स्टेचर थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । आगामी दिनमा थप सहयोगका कार्यक्रम ल्याउने बजगाईले प्रतिवद्धता गरेका छन् ।



































