३ पुष, गोरखा । गोरखा नगरपालिका–७ मा रहेको छिपिटोल नयाँबजार टोल बिकास संस्थाको १७ औ साधारणसभा तथा ८ औ अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले बिष्णु प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा सहदेव प्रसाद श्रेष्ठ, सचिवमा हरि कुमार श्रेष्ठ, सहसचिवमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ रहेका छन् । सदस्यहरुमा भोला बस्नेत, इश्वर कुमार श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, हर्कमान श्रेष्ठ चयन भएका छन् । अघिवेशनले राम कुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा केशव बस्नेत र अनिल श्रेष्ठ रहेका छन् ।
कार्यक्रमको अवसरमा संस्थाका सदस्य अजय कुमार श्रेष्ठकी आमा दयालक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको छ । जेष्ठ सदस्य सम्मान कार्यक्रम अन्तरगत उनलाई दोसल्ला ओडाएर सम्मान गरिएको संस्थाले जनाएको छ ।
२०७८ को एसईई परिक्षामा उच्च स्थान हासिल गर्ने संस्थाका सदस्यका छोराछोरीलाई नगद एक हजार पुरस्कार सहित सम्मान समेत गरिएको छ । सम्मान हुनेमा सदस्य बिष्णु प्रसाद श्रेष्ठका छोरा नविन श्रेष्ठ र भद्रलाल ढकालकी छोरी ऐश्वर्य ढकाल रहेका छन् ।
कार्यक्रमको अवसरमा संस्थाका सदस्य योगेन्द्र प्रधान समेत सम्मानित भएका छन् । असल सुपुत्र सम्मान कार्यक्रम अनुसार उनलाई दोसल्ला सहित सम्मान गरिएको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष ओम बहादुर श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सदस्य तुलसा मरहट्टा, सुमेन्द्र श्रेष्ठ, सल्लाहकार रामबाबु श्रेष्ठ, नयाँ बसपार्क टोल बिकास संस्थाका अध्यक्ष दामोदर घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सचिव सहदेव प्रसाद श्रेष्ठले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र शिव प्रसाद श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।



































