Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा दुई करोड खर्चेर बनेको बसपार्क बन्यो खेलमैदान

१० पुस, गोरखा । गोरखा नगरपालिका–७ डण्डीडाँडामा निर्माण भएको बसपार्क दुई वर्षसम्म प्रयोगविहीन छ । बस पार्किङका लागि बनाइएको सो स्थल हिजोआज खेल मैदान बनेको छ । बसपार्कको दुई किनारमा गोलपोस्ट राखिएको छ । यहाँ विहान बेलुका स्थानीय युवाले फुटबल खेल्ने गरेका छन् ।

Advertisement

गोरखा सदरमुकामको पार्किङ व्यवस्थित गर्ने उद्देश्यले आर्थिक बर्ष २०७५र७६ देखि संघीय सरकारको बजेटमा सिनर्जीरक्रिष्टलरसचेत जेभीले बसपार्क निर्माण सुरु गरेको थियो । करिव १५ सय रोपनी जग्गामा बनाइएको बसपार्कमा छेउछाउमा दुई हजार ५७१ घनमिटर टेवा पर्खाल लगाइएको छ, व्यवस्थित नाला बनाइएको छ । जमिन सम्याएर ग्राभेल गरिएको छ ।

टिकट काउण्टरका लागि ६ कोठे भवन पनि बनेको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनियर पुरुषोत्तम पंगेनी बताउँछन् । तर दुई करोड १५ लाख रुपैयाँ खर्चेर बनेका ती संरचना प्रयोगविहीन छन् ।

‘बसपार्क बनेको तीन बर्ष भयो तर आजसम्म यहाँ एउटा बस पनि आएको छैन,’ स्थानीय सीताराम थपलियाले भने, ‘यो बसपार्क प्रयोगमा ल्याउन प¥यो भनेर नगर प्रमुखलाई पटक पटक भन्यौं तर सुनुवाइ भएको छैन ।’ मेयरबाट आश्वासन मात्र पाएको तर बसपार्क सञ्चालनमा नआएको उनले बताए ।

बसपार्क सञ्चालनमा आए सो क्षेत्रका वासिन्दाको जीविकोपार्जनमा सहयोग पुग्ने उनको भनाइ छ । उनी भन्छन्, ‘यो ठाउँ कृषि क्षेत्र हो, यहाँका वासिन्दा तरकारी खेती गर्छन्, गाईभैंसी पाल्छन्, बसपार्क सञ्चालनमा आयो भने उत्पादनले बजार पाउन सजिलो हुन्थ्यो, फेरि सानातिना होटल व्यवसाय पनि चल्थे ।’ बसपार्क सञ्चालनमा ल्याउन सके सदरमुकाम क्षेत्रको अव्यवस्थित पार्किङको समस्या समेत हल हुने उनको भनाइ छ ।

जिल्ला सदरमुकाममा रहेको पुरानो बसपार्क साघँुरिदै गएपछि सो क्षेत्रमा बसपार्क बनाइएको हो । सो बसपार्क बजार क्षेत्रबाट करिव डेढ किलोमिटरको दुरीमा पर्छ ।

बसपार्कसम्म पुग्ने सडक पक्की छैन । नगरपालिकाचोक हुदै जाने सडक झन् बढी कच्ची छ भने गोरखा क्याम्पस हुदै जाने सडक पनि केही दूरी कच्ची छ । बसपार्कका आसपास कुनै होटल तथा लज छैनन् । आसपास घना वस्तीपनि छैन । बस पार्किङका लागि पर्याप्त ठाउँ त छन् तर आधारभूत सेवासुविधा नहुँदा बसपार्कले यातायात व्यवसायीको ध्यान केन्द्रित गर्न सकेको छैन ।

यातायात व्यवसायी पनि अनिच्छुक

बसपार्कसम्म पुग्ने सडक राम्रो नभएका कारण सो क्षेत्रमा पार्किङ गर्न सम्भव नभएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका सञ्चालक सदस्य अञ्जन खत्रीले बताए ।

‘संरचना मात्र बनेर हुदैन, बसपार्कका लागि आवश्यक आधारभूत सेवा सुविधा पनि चाहिन्छ तर त्यहाँ छैन, बाटो पनि अप्ठ्यारो छ’ उनले भने, ‘फेरि बसपार्कमा पार्किङ सञ्चालनमा आयो भनेर आधिकारिक रुपमा कसैले हामीलाई भनेको पनि छैन ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको सेवा प्रदायक कार्यालय गोरखाका प्रमुख प्रविन बस्नेतले पनि बसपार्कसम्म सडक राम्रो नभएको बताए । ‘मुख्य कुरा त बाटोकै समस्या छ, बसपार्क मात्र बनेर भएन, पार्किङ गरेपछि स्टाफ बस्ने होटल चाहियो, गाडीको सुरक्षा हुनुप¥यो’, उनले भने । पार्किङका लागि आफूहरुलाई कुनै निकायबाट जानकारी समेत नआएको उनले बताए ।

संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनियर पंगेनीले भने सडक मर्मतको काम पनि भइरहेको बताए । गोरखा नगरपालिकास्थित चुच्चेढुङ्गा हुदै बसपार्क जाने सडक स्तरोन्नतीको काम भइरहेको उनले जानकारी दिए । ‘गत बर्ष २४ लाखको बजेट विनियोजन भएको थियो, त्यही रकमले केही सडक ढलान भएको छ भने केही ठाउँमा नाला बनाइएको छ,’ उनले भने ।

छलफल भइरहेको छ : मेयर राना

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर बसपार्क सञ्चालनका लागि लागि पहल भइरहेको बताउँछन् ।

यातायात व्यवसायीसँग पटक पटक छलफल भएको बताउदै उनले भने, ‘आधारभूत कुराहरु नै छैनन्, बाटो पनि सहज छैन भनेर उनीहरु त्यहाँ पार्किङ गर्न मानेका छैनन्, स्टाफ बस्ने होटल लगायतका कुरा स्थानीय आफैले तयार गर्नुपर्‍यो पहिले ।’

आइतबार, पुष १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.