Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

१० असारमा बजेट नल्याए पनि स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा असर नपर्ने

१५ पुस । अब प्रत्येक वर्षको १० असारमै बजेट ल्याउन नसकेपनि असार मसान्तसम्म बजेट पास गरेमा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन (कासमू)मा कुनै असर नपर्ने भएको छ । अन्तर सरकारी वित्त हस्तान्तरण ऐन अनुसार स्थानीय तहले १० असारमा सम्बन्धित तहको गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने प्रावधान छ ।

Advertisement

यस्तो बजेट असार मसान्त भित्र पास गरिसक्नु पर्छ । १ साउनबाट बजेट कार्यान्वयन सुरु हुन्छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मूल्यांकन गरी प्राप्त नतिजाका आधारमा संघीय सञ्चित कोष र प्रदेश सञ्चित कोषबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको सिफारिस गर्छ ।

यसरी सिफारिस गर्दा यसअघि १० असारभित्र बजेट नल्याए अंक नपाउने स्थिति थियो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन कार्यविधि २०७८ लाई संशोधन गरी १० असारको बाध्यतात्मक प्रावधानलाई मूल्यांकनका दौरान कसिलो नबनाउने निर्णय गरेको हो । तर, आयोगले असार मसान्तभित्र बजेट पास गरिसक्नु पर्ने प्रावधानलाई भने चलाएको छैन ।

यसले १० असार लगत्तै बजेट ल्याउने स्थानीय सरकारको मूल्यांकन प्रभावित बनेसँगै आयोगले यस्तो प्रावधान ल्याएको आयोगका एक अधिकारीले बताए । ‘बजेट पास हुनु महत्वपूर्ण पक्ष हो’, उनले भने, ‘सो दिनलाई आधार मानेर बजेट ल्याउने दिनलाई कार्य सम्पादन मूल्यांकनको आधार नमानिएको हो ।’

आयोगको ६ पुसको निर्णयअनुसार कार्यविधि संशोधन गरेको हो । आयोगले स्थानीय तहले गर्ने कामलाई मूल्यांनको आधार बनाएर सूचकहरु बनाएको छ । त्यसमध्ये एक आधार बजेट ल्याउने मिति र पास गर्ने समय समेत हो ।

शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.