१७ पुष, गोरखा । भीमसेन थापा गाउँपालिकाबाट सात बर्षिय बालक कृष्ण सुनारको उद्धार गरिएको छ । मानव सेवा आश्रम गोरखाले शुक्रवार उनलाई उद्धार गरेको हो ।
बेवारिसे अवस्थामा छाडेर बुवा आमा दुवै वेपत्ता भएपछि सुनार अभिभावक विहीन भएका थिए ।
‘बुवा बुद्धि बहादुर र आमा मिरा सुनार छोरालाई सानैमा छाडेर वेपत्ता भएका रहेछन्,’ आश्रमकी जिल्ला संयोजक मुना लामाले भनिन्, ‘आफन्त कोही नभएपछि उक्त बालक सडकपेटी र सार्वजनिक ठाउँमा सुत्ने अनि मागेर गुजारा चलाउने गर्दै आएको भन्ने थाहा पाएपछि उद्धार गरेका हौ ।’
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, पत्रकार आत्मराम श्रेष्ठ लगायतको उपस्थिीतिमा उक्त बालकको उद्धार गरेर आश्रममा राखिएको उनले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































