१९ पुष, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–८ चिप्लेटीमा रहेको जनज्योती माविका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । सोमवार लियो क्लब अफ गोरखाले ६९ जना बिद्यार्थीलाई टोपी र मोजा वितरण गरेको हो ।
शैक्षिक गतिविधिमा सहयोग पु¥याउने उदेश्यले ३० जना बिद्यार्थीलाई कापी, कलम, इरेजर लगायतका शैक्षिक सामग्री समेत वितरण गरिएको क्लबका अध्यक्ष बालकृष्ण परियारले बताए ।
उनका अनुसार क्लबले सोही स्थानमा रहेको एकता प्राविका आठ जना बिद्यार्थीलाई पनि न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ ।
क्लबका अध्यक्ष परियारको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानराज गुरुङ, प्रधानध्यापक छन्द प्रसाद तिमल्सिना, समिर तामाङ, कार्यक्रम संयोजक प्रविन उपरकोटी लगायतले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































