Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

भाडा समायोजन नहुँदा ठगिदै यात्रु

२० पुष, गोरखा । विगत केही बर्षयता जिल्लाको अस्थायी रुटमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजन हुन सकेको छैन । भाडा समायोजन नहुँदा दिनहूँ यात्रुहरु ठगिदै आएका छन् ।

Advertisement

गण्डकी प्रदेश सरकारले २०७८ फागुन १ गतेबाट लागू हुने गरी प्रदेश भित्र संचालन हुने सार्वजनिक तथा भाडाका सवारी साधनको भाडा समायोजन गरिसकेको छ । प्रदेशले कायम गरेको नयाँ भाडादर अनुसार पक्की सडकमा चल्ने बसको भाडा प्रति किलोमिटर ३ रुपैया १० पैसा निर्धारण गरिएको छ ।

सोही अनुसार जिल्लाको अस्थायी रुटमा चल्ने सार्वजनिक सवारीको भाडादर कायम गर्नुपर्ने हुन्छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी बिकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवत्ता टीकाराम पौडेलले पनि सो कुरा बताए । उनका अनुसार अस्थायी रुटको भाडा समायोजनका लागी जिल्लामा सिडिओ संयोजक रहेको भाडा निर्धारण तथा अस्थायी मार्ग निर्धारण समिति हुन्छ, जुन गोरखामा पनि छ । तर भाडा समायोजनमा जिल्लाको समितिले चासो दिएको छैन ।

जिल्लाका कतिपय कच्ची सडक पक्की भइसके । तर भाडा समायोजनमा भएको आलटालले पक्की सडकको यात्रामा पनि कच्ची सरह भाडा तिर्न यात्रुहरु बाध्य छन् । उदाहरणका लागी अस्थायी रुट कायम भएका जिल्लाका केही सडकको अवस्था र भाडादरलाई हेर्न सकिन्छ ।

गोरखा सदरमुकामदेखि नाम्जुङ्गसम्मको दुरी १७ किलोमिटर छ । यसअघि कच्चि रहेको उक्त सडक अहिले कालोपत्रे भइसक्यो । गण्डकी प्रदेशले निर्धारण गरेको नयाँ भाडादर कायम भएमा गोरखादेखि नाम्जुङ्ग जाने यात्रुले करिव ५३ रुपैया मात्र तिरे पुग्छ । तर भाडा समायोजन नहुँदा यात्रुहरु १ सय ५० रुपैया तिर्न बाध्य छन् ।

गोरखा सदरमुकामदेखि घ्याम्पेशालको दुरी २१ किलोमिटर छ । कालोपत्रे भइसकेको उक्त सडकमा बसको यात्रा गर्नेले १ सय ७० रुपैयाका दरले भाडा तिर्नुपर्छ । नयाँ निर्धारण भएको भाडादर लागू गर्ने हो भने ६५ रुपैया तिरे पुग्छ । तर भाडा समायोजन नहुँदा दोब्वरभन्दा बढी भाडा तिर्न यात्रु बाध्य छन् ।

गोरखा सदरमुकामदेखि भच्चेकसम्मको सडक कालोपत्रे भइसक्यो । ५२ किलोमिटर दुरीको उक्त सडकको बसभाडा ४ सय ४० रुपैया छ । प्रदेशले निर्धारण गरेको भाडादर कायम भएमा यात्रुले सो रुटमा १ सय ६१ रुपैया मात्र तिरे पुग्छ । तर समायोजनमा जिल्लाको समितिले चासो नदिदा महँगो रकम तिरेर यात्रा गर्नुपर्ने बाध्यता यात्रुलाई छ ।

भाडा समायोजन नहुँदा गोरखा सदरमुकामदेखि आरुघाट, बारपाक लगायतका सडकमा यात्रा गर्नेहरु पनि मारमा परेका छन् । समितिले संक्रियता नदेखाउँदा यातायात व्यवसायीले पक्की सडकमा पनि कच्ची सरह भाडा असुल्दै यात्रु ठगिरहेका छन् ।

केही समयअघि भाडा समायोजनका लागी भन्दै यातायात व्यवसायी सहितको बैठक बसेर नयाँ भाडादरको स्टमेट तयार गरिएको थियो । तर त्यसले पूर्णता पाउन सकेन । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य भाडा समायोजनको तयारी भइरहेको बताउछन् । ‘हामी पटक पटक बैठक त बसिरहेका छौ, तर समितिमा रहनुभएको केही कर्मचारीको सरुवा भएपछि समायोजनमा केही ढिलाइ भएको हो,’ उनले भने ।

केही दिनमै बैठक बसेर भाडा समायोजन गर्ने उनले आश्वासन दिए ।

 

बुधबार, पुष २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.