२३ पुष, गोरखा । स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर शनिवार उनले पाँच हजार रुपैया सहयोग गरेका हुन् ।
शनिवार गोरखा नगरपालिका–८ मा निर्माणाधिन आश्रमको भवन पुगेर श्रेष्ठले मानव सेवा आश्रमका परिकल्पनाकार केन्द्रिय अध्यक्ष रामजी अधिकारीलाई नगद हस्तान्तरण गरेका हुन् ।
आश्रममा रहेका बालबालिकाको खानपानमा सहयोग पु¥याउने उदेश्यले आर्थिक सहयोग गरिएको उनले बताए । आश्रममा हाल ५१ जना बालबालिका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































