२७ पुष, गोरखा । ३०१ औ पृथ्वी जयन्तीको अवसर पारेर गोरखामा राष्ट्रनिर्माता सलामी अर्पण कार्य शुरु भएको छ । नेपाली सेनाले वुधवारबाट उक्त कार्यको थालनी गरेको हो ।
सलामीका लागी गोरखा संग्रहालय परिसर अगाडी रहेको ठुलोआगँनमा नेपालको नक्सा अंकित मोनोग्राम र पृथ्वी नारायण शाहको शालिक निर्माण गरिएको छ । नेपाली सेनाको अगुवाइ र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त शालिकको वुधवार एक कार्यक्रमका बिच अनावरण गरिएको छ ।
प्रधान सेनापती प्रभुराम शर्माले शालिकको अनावरण गरेका हुन् । सँगै उनले राष्ट्रिय झण्डा झण्डोत्तलन र नेपालको नक्सा अंकित मोनोग्रामको पनि उद्घाटन गरेका छन् ।
सो ठाउँमा अव दैनिक राष्ट्रनिर्माता सलामी अर्पण हुने रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए । ‘बिहान सुर्याेदय र वेलुकी सुर्यस्तको समयमा दैनिक राष्ट्रनिर्माता सलामी अर्पण हुन्छ,’ उनले भने, ‘रानीपोखरी व्यारेकबाट पृथ्वी नारायण शाह कालिन पोशाकमा हाम्रो एक टोली मार्चपास सहित ठुलोआँगन आउछ अनि सलामी अर्पण गरेर फर्किन्छ ।’

शालिक अनावरण पश्चात बोल्दै प्रधान सेनापती शर्माले यस कार्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने बताए । ऐतिहासिक महत्वको कोट, गणीहरुको संरक्षण गर्दै इतिहास संरक्षणमा नेपाली सेनाले सहयोग गर्दै आएको समेत उनले जानकारी दिए । पृथ्वी नारायण शाह नेपाली सेनाको संस्थापक समेत रहेको बताउँदै उनले उनको योगदानको कदर समेत गरे ।
कार्यक्रममा प्रधान सेनापती शर्मासँगै नेपाली प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको उपस्थिती रहेको थियो ।



































