२ माघ, गोरखा । गोरखाका मगर समुदायले माघे सक्रान्ति पर्व विविध कार्यक्रम गरी मनाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको आयोजनामा कार्यक्रम भएको हो ।
समितिका अध्यक्ष बिष्णु राना मगरको अध्यक्षता एवं गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, आदीबासी जनजाती महासंघका सचिव दिनेश तमु, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा मगर समुदायको संस्कृति झल्कने चुड्का, घाटु, कौरा लगायतका नाँचहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम पूर्व झाँकी ¥याली समेत निकालिएको थियो । बसपार्कबाट निकालिएको ¥याली बिसौनी, हरमटारी हुदै रंगशालामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमकै अवसरमा नेपाल मगर संघलाई सहयोग गर्ने र राष्ट्रका लागी योगदान गरेकाहरुलाई सम्मान समेत गरिएको संघले जनाएको छ ।

सोमवारबाट संघको १३ औ अधिवेशन समेत शुरु भएको बताइएको छ ।



































