३ माघ, गोरखा । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको १३ औ अधिवेशन सम्पन्न भएको छ । सोमवार भएको अधिवेशनले अशोक राना मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा नानुमाया थापा मगर, सचिव भरत आले मगर, सहसचिवमा कोकिल पुलामी मगर र कोषाध्यक्षमा शंकर थापा मगर चयन भएका छन् ।
सदस्यहरुमा सुजन क्यापछाकी मगर, भरत राना मगर, लिला बहादुर थापा मगर, टिका आले मगर, गणेश बहादुर राना मगर, बिरेन्द्र थापा मगर, राधिका राना मगर, डील बहादुर आले मगर, एक बहादुर थापा मगर, टंकशारु मगर र मन बहादुर मगर रहेका छन् ।
कार्यक्रममा सचिव र कोषाध्यक्षले संघको बार्षिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































