४ माघ, गोरखा । पोखरा बिमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी गोरखाले मंगलवार साँझ हरमटारीमा दिप प्रज्वलन गरेको हो ।
कार्यक्रममा मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरिएको संयोजक प्रताप ढकालले बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सम्झना देवकोटा, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य प्रबिन श्रेष्ठ , केन्द्रिय सदस्यहरु सुरज परियार, सुजन सिम्खडा लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































