७ माघ, गोरखा । हेड्स नेपाल गोरखा शाखाको नवौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा १२ लाख ११ हजार ९३७ रुपैयाको बार्षिक आर्थिक आयव्यय विवरण प्रस्तुत गरिएको छ ।
संस्थाका कोषाध्यक्ष दिलिप कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । संस्थाका गोरखा अध्यक्ष सहदेव प्रसाद श्रेष्ठको अध्यक्षता तथा संस्थाका केन्द्रिय अध्यक्ष इश्वरचन्द्र वानियाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष दिलिप देवकोटा, राममाया श्रेष्ठ, सल्लाहकार पुरुषोत्तम अर्याल, आजीवन सदस्य बिनोद अर्याल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका सचिव ओम बहादुर श्रेष्ठले बार्षिक प्रतिवेदन पेश गरेका थिए । स्वास्थ्य, शिक्षा, कृषि र विपदमा सहयोग गर्ने उदेश्यले स्थापित संस्थाले विपन्न वर्गका बिरामीहरुलाई आर्थिक सहयोग समेत गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































