७ माघ, गोरखा । गोरखा नगरपालिका–७ डण्डीडाँडा स्थित नवज्योती माविले विविध कार्यक्रम गरी ४८ औ बार्षिक उत्सव एवं अभिभावक भेला सम्पन्न गरेको छ । कार्यक्रमको अवसरमा शनिवार बिद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरिएको छ ।
बिद्यालयमा स्थापना गरिएको बिभिन्न अक्षयकोषबाट उनीहरुलाई छात्रवृत्ति एवं शैक्षिक सामग्री वितरण गरिएको बिद्यालयका शिक्षक सुमन ज्ञवालीले बताए । २०६१ सालको एसएलसी व्याचका बिद्यार्थीहरुले चार जना बिद्यार्थीलाई जनही २ हजार ५ सयका दरले छात्रवृत्ति रकम उपलब्ध गराएका छन् ।
त्यस्तै बिद्यालयका संस्थापक अध्यक्ष खडानन्द शर्माद्धारा स्थापित खडानन्द रिवन कुमारी अक्षयकोषबाट तीन जना बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप ६ हजार, ५ हजार र ४ हजार नगद वितरण गरिएको छ । त्यस्तै जुना रोका मग्राती अक्षयकोषबाट कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई दुई हजार नगद प्रदान गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रमकै अवसरमा श्रीमाया बसेलले ५ हजारको आशिष बसेल स्मृति अक्षयकोष स्थापना गरेकी छन् । कार्यक्रमकै अवसरमा बिद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमान श्रेष्ठ, पूर्व प्रधानाध्यापक शिवराम कट्टेल, पूर्व शिक्षक डोल बहादुर थापा मगर र पूर्व बिद्यार्थी रिदम गुरुङ सम्मानित भएका छन् । कार्यक्रमकै अवसरमा बिद्यालयमा संचालित बिभिन्न खेलकुद प्रतियोगीताका बिजयी बिद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ ।
न्यू टेलर्स लोगोका संचालक बालकृष्ण परियारले बिद्यालयमा अध्ययनरत १६ जना बिद्यार्थीलाई बिद्यालय पोशाक निशुल्क उपलब्ध गराएका छन् । विव्यस अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष बिष्णु श्रेष्ठ, शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्य, पुर्व विव्यस अध्यक्ष काजिराम रोका, समाजसेवी यादव शर्मा, सुवास आचार्य, पूर्व प्रअ शिवराम कट्टेल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकाले वडा नम्वर ७ को कार्यालयले बिद्यालयको कक्षा ३ देखि ९ सम्मका करिव २५० जना बिद्यार्थीलाई स्विटर समेत वितरण गरेको छ ।



































