Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

‘सातौ गोर्खाली रनिङ कप’ फुटवल प्रतियोगीता फागुन ७ बाट

९ माघ, गोरखा । जिल्लाकै सर्वाधिक राशी पुरस्कार भएको फुटवल प्रतियोगीता ‘गोर्खाली रनिङ कप’ को सातौ संस्करण फागुन ७ गतेबाट शुरु हुने भएको छ । हरमटारी क्लबको आयोजनामा प्रतियोगीता हुन लागेको हो ।

Advertisement

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा हुने प्रतियोगीतामा राष्ट्रिय एवं स्थानीय क्लबको सहभागीता रहने आयोजक क्लबले जनाएको छ । ‘जिल्लाभित्र र बाहिरका गरी कुल १६ टिम सहभागी हुन पाउछन्,’ क्लबका महासचिव किरण ढकालले भने, ‘एक टिमबाट तीन जनाभन्दा बढी बिदेशी खेलाडी खेल्न पाउदैनन् ।’

उनका अनुसार दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म खेलहरु संचालन हुने छन् ।

प्रतियोगीताको उपाधी बिजेता क्लबले २ लाख २२ हजार २२२ नगद पुरस्कार पाउने छ भने उपबिजेता क्लबले १ लाख ११ हजार १११ रुपैया पाउने छ । त्यस्तै सेमिफाइनलमा पुग्ने दुवै टिमले ५० हजारका दरले नगद पुरस्कार पाउने छन् । प्रतियोगीताका सर्वाेत्कृष्ट खेलाडी, अग्रपंक्ति, मध्यपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताका लागी पनि नगद पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।

प्रतियोगीता फागुन १४ गतेसम्म चल्ने छ । प्रतियोगीता संचालनका लागी २५ लाख बढी लाग्ने अनुमान गरिएको छ । ‘हालसम्म गोरखा नगरपालिकाले चार लाख दिने भन्ने छ, हामी आयोजकले दुई लाख हाल्छौ बाँकी रकमका लागी अन्य स्रोत खोज्ने हो,’ अध्यक्ष गुरुङले भने ।

२०७० सालबाट शुरु गरिएको यस प्रतियोगीताले कोभिडका कारण २०७५ साल यता निरन्तरता पाउन सकेको थिएन । प्रतियोगीताले खेल मार्फत पर्यटन प्रवद्र्धन गर्ने र व्यवसायिक खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.