१४ माघ, गोरखा । गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित खेलमैदानमा जारी नगरपालिका अन्तर बिद्यालय स्तरिय अन्डर–१३ लिग फुटवल प्रतियोगीताको उपाधी लक्ष्मी सामुदायिक शिक्षा सदनले हात पारेको छ ।
शुक्रवार भएको फाइनल खेलमा द ओल्ड क्यापिट बोर्डिङलाई १–० को गोल अन्तरले हराउँदै लक्ष्मी सामुदायिक उपाधी बिजेता बनेको हो । उपाधी बिजेता बिद्यालयले ७ हजार ५ सय नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । उपबिजेता बिद्यालयले ३ हजार ५ सय नगद पुरस्कार पाएको आयोजक द ओसन क्लबले जनाएको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बिजेता टिमलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरेका थिए ।
फाइनलमा पुग्ने दुवै बिद्यालय आगामी चैत महिनामा हुने आठौ ओसन कप राष्ट्रिय प्रतियोगीतामा सहभागी हुन पाउने क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































