१४ माघ, गोरखा । गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको नवौ साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले किशोर रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा श्याम बहादुर तमाङ, सचिवमा भक्तराम राना मगर, कोषाध्यक्षमा हरिकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा माधव बाबु श्रेष्ठ, विष्णु प्रसाद श्रेष्ठ, विष्णु पुडासैनी, कल्पना पराजुली, ऋषिराम न्यौपाने, विष्णुहरी कट्टेल र सिता कुमाल रहेका छन् ।
अधिवेशनले विश्वनाथ अर्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा सुदिप उपरकोटी र देव प्रसाद खनाल रहेका छन् ।
कपिल बाबु कट्टेलको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकरको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष रामबाबु श्रेष्ठ, गोरखा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष राजेन्द्र कुमार जोशी, उपभोक्ता सहकारी संस्थाका सचिव खेमराज अधिकारी, देवेन्द्र भण्डारी, राममाया श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।



































