१४ माघ, गोरखा । गोरखामा भएको नगर स्तरिय शिक्षक भलिवल प्रतियोगीताको उपाधी रत्नराज्य मावि बिरेन्चोकले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा धर्माेदय मावि पालुङटारलाई हराउँदै रत्नराज्यले उपाधी जितेको हो ।
उपाधी बिजेता बिद्यालयले २५ हजार रकम बराबरको खसी र साथमा मेडल र प्रमाणपत्र पाएको छ । उपबिजेतामा चित्त बुझाएको धर्माेदय माविले १७ हजार मूल्य बराबरको खसीको साथमा मेडल र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ ।
तेस्रो स्थान हासिल गर्ने मिरकोट मावि बाघडाँडाले पुरस्कार स्वरुप १३ हजार मूल्य बराबरको खसी प्राप्त गरेको छ ।
बिद्यालय र शिक्षक बिच सौहार्दपूर्ण वातावरण कायम गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक रत्नराज्य माविका प्रधानाध्यापक तेज बहादुर नेपालीले बताए । प्रतियोगीतामा गोरखा र पालुङटार नगरपालिकाका गरी कुल दश बिद्यालयको सहभागीता रहेको थियो ।



































