Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

उपकरण खरिद बिबादले रोकियो प्रविधि हस्तान्तरण कार्यक्रम

२५ माघ, गोरखा । जिल्लामा संचालित घरेलु उद्योग तथा फर्मलाई मंगलवार व्यवसायिक उपकरण तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम थियो । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समेत कार्यक्रममा उपस्थिती हुने पक्का थियो । तर सोमवार एकाएक मन्त्रालयबाट फोन आयो र कार्यक्रम स्थगित गर्न भनियो । वितरण हुने उपकरण खरिदमा असन्तुष्टी जनाउँदै केही व्यवसायीको बिरोध आएपछि कार्यक्रम तत्कालका लागी स्थगित भएको हो ।

Advertisement

प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत पर्यटन तथा उद्योग कार्यालय गोरखाले डिजिटल सिलाई मेसिन, चाप कटर, कम्वाइन मिल, डि–फ्रिज, इन्भटर एवं ब्याट्री, कपडा बुन्ने तान लगायतका उपकरण वितरण गर्न लागेको थियो । २९ वटा उद्योग तथा व्यवसायिक फर्महरु छनोट समेत भइसकेका थिए । कार्यालयले अधिकांश उपकरण खरिद गरिसकेको छ । तर गैरव्यवसायीबाट उपकरण खरिद भएको भन्दै केही व्यवसायीले बिरोध गरेपछि कार्यक्रम स्थगित भयो ।

सामान खरिदका लागी आफूहरुसँग कोटेशन समेत माग नगरेको उनीहरुले गुनासो गरेका छन् । ‘सामान खरिदका लागी कार्यालयमा सूचिकृत भएका फर्महरुसँग समन्वय गरेर कोटेशन माग्नुपर्ने होे,’ असन्तुष्टमध्येका एक व्यवसायीले भने, ‘तर कार्यालय प्रमुखले त्यसो गर्नुभएन, आफूलाई मन लागेको तीन वटा फर्मसँग कोटेशन माग्नुभयो र मिलाएर आफ्नो मान्छेलाई पार्नुभयो ।’

दुई छुट्टाछुट्टै शिर्षकमा उद्यमीहरुलाई उपकरण वितरण गर्न लागेको कार्यालयले दलित विपन्न तथा परम्परागत सीप भएकाहरुका लागी वितरण गर्ने उपकरण खरिद गर्न एवियान एग्रो नेपाल प्रालि पोखरासँग सम्झौता गरेको छ । उक्त शिर्षकमा करिव पाँच लाख रकम कार्यालयबाट विनियोजन भएको छ भने उद्यमीको १० प्रतिशत लागत सहभागीता रहेको छ ।

त्यस्तै संचालित उद्योगहरुको प्रवद्र्धनका लागी साझेदारीमा उद्यमीलाई वितरण गर्ने उपकरण खरिदका लागी गोरखा नगरपालिका–६ स्थित सन्ध्या इन्टरप्राइजेजसँग सम्झौता भएको छ । उद्यमीहरुको ५० प्रतिशत लागत सहभागीता सहित कुल बजेट करिव दश लाख रहेको कार्यालयले जनाएको छ ।

सबै प्रक्रिया पूरा गरेर विधिवत ढंगले उपकरण खरिद गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए । ‘सार्वजनिक खरिद ऐन २०६३ अनुसार तीन वटा फर्मसँग कोटेशन माग गर्नुपर्ने भन्ने छ,’ उनले भने, ‘त्यही अनुसार तीन वटा फर्मसँग कोटेशन माग्यौ, जसले कम मूल्यमा कोटेशन हाल्नुभयो उहाँलाई नै छनोट ग¥यौ ।’ सार्वजनिक खरिद ऐन २०६३ अनुसार दश लाखसम्मको माल सामान कार्यालयले सोझै खरिद गर्न पाउने व्यवस्था समेत रहेको उनले जानकारी गराए ।

अन्तिम चरणमा आएर कार्यक्रम स्थगित हुदाँ समस्या भएको उनले गुनासो गरे । ‘कार्यक्रमबाट लाभान्वित हुने उद्यमीहरुले सम्बन्धित आपूर्तीकर्ताहरुलाई लागत सहभागीता वापतको रकम बुझाइसकेका छन्, अव त्यो पैसा कसरी फिर्ता गर्ने भन्ने समस्या हुन्छ,’ उनले भने । अधिकांश उपकरण खरिद समेत भइसकेकाले पनि समस्या बनाएको उनको भनाइ छ । मन्त्रालयसँग समन्वय गरेर चाडै उक्त उपकरण वितरण गर्ने उनले आश्वासन समेत दिएका छन् ।

बुधबार, माघ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.