२७ माघ, गोरखा । सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गोरखाली समाज यु.के. ट्रष्टले छात्रवृत्ति स्वरुप उनीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
शुक्रवार एक कार्यक्रमका बिच जिल्लाका १९ वटा सामुदायिक बिद्यालयका करिव दुई जना बिद्यार्थीलाई कपी, झोला र बिद्यालय पोशाक वितरण गरिएको कार्यक्रम संयोजक शरण श्रेष्ठले बताए । सामग्री पाउनेमा कक्षा ३ देखि १० सम्म अध्ययनरत बिद्यार्थी छन् ।
कार्यक्रमको अवसरमा संस्थाकी उपाध्यक्ष तिल कुमारी गुरुङले छात्रवृत्ति पाउने बिद्यालयका बिद्यार्थीमध्ये उत्कृष्ट एक जना छात्रालाई बार्षिक १५ हजार नगद सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
संस्थाका अध्यक्ष जय प्रकाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तव्य राखेका थिए ।



































